सोमालियामाथि अमेरिकी हवाई आक्रमण, ३ जनाको मृत्यु

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  २ : १४


सोमालिया ।  सोमालियाको राजधानी सहर मोगादिसुको वादाजिर जिल्लामा बुधबार अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी अल शबाब आतङ्ककारी समूहका तीन सदस्य मारिएका छन्। 

यस कारबाहीको क्रममा सर्वसाधारणतर्फ कुनै हताहत नभएको संयुक्त राज्य अफ्रिका कमाण्ड (अफ्रिकम) गुप्तचर विभागका उप निर्देशक ग्रेगोरी हेडफिल्डले बताउनु भएको छ।   

अल शबाबले विगतका दिनहरुमा विस्फोटक उपकरणहरुको सहयोगले हत्या, हिंसा गर्दै आएका उप निर्देशक ग्रेगारी बताउनु भएको छ।


प्रतिक्रिया दिनुहोस्