बाँस्कोटामाथि छानबिनको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको लाठी चार्ज

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  १ : ५८


काठमाडौं । राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि छानबिनको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले हस्तक्षेप गरेको छ । 

नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेतारकार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो।

बिहीबार प्रदर्शनीमार्गबाट निकालिएको जुलुसमा आरआर क्याम्पस अगाडि प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गर्दा दर्जनौं नेता/कार्यकर्ता घाइते भएका छन्।

शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको कांग्रेसले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्