‘इन्डियन-२’को सुटिङ गर्नेक्रममा दुर्घटना, ३ जनाको मृत्यु

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  १२ : ५१


नयाँ दिल्ली । कमल हसनको फिल्म 'इन्डियन २'को सुटिङ गर्नेक्रममा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

अन्य १० जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ। 

चेन्नईको ईभीपी स्टुडियोमा फिल्मको सुटिङ चलिरहेको समयमा बुधबार राति क्रेन दुर्घटना भएको भारतीय मिडियाले जनाएका छन्।

फिल्म निर्माता र निर्देशक भने दुर्घटनाबाट जोगिए। भारतीय प्रहरीका अनुसार दुर्घटनामा फिल्मका सहायक निर्देशक ३४ वर्षीय कृष्ण, २० वर्षीय मधु र ६० वर्षीय चन्द्रनको मृत्यु भएको हो।

प्रहरीले क्रेन अपरेटरका विरुद्ध मुद्दा दर्ता गरेको छ।

प्रहरीका अनुसार ती तीन सहायक निर्देशकहरू बक्समा सवार थिए। सुटका लागी उनीहरु क्रेनबाट उचाइमा गएर काम गरिरहेका थिए। क्रेन खस्दा उनीहरुको दुर्घटनामा ज्यान गएको हो । 

बुधबार राति ९ बजे भएको सो घटनाले फिल्म युनिट र बलिउडलाई नै शोकाकुल बनाएको छ।

'इन्डियन २' एक एक्शन थ्रिलर हो। यसमा कमल हासन मुख्य भूमिकामा छन्। काजल अग्रवाल, रकुल प्रीत र सिद्धार्थ पनि यस फिल्ममा देखिने छन्। यो अर्को वर्षको सुरूमा प्रर्दशनमा आउने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्