सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिए

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ९ : ३२


काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। घुस मागेको अडियो प्रकरण बाहिरिएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन्। 

सभामुख अग्नि प्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी दिनु भएको छ।

प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको प्रतिनिधि सभा बैठकलाई जानकारी गराएका हुन।

सञ्‍चारमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएका थिए।

लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो बुधबार सार्वजनिक भएपछि सञ्‍चारमन्त्री बाँस्कोटाले राजीनामा दिएर अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने माग उठिरहेको थियो।


प्रतिक्रिया दिनुहोस्