भारतमा नेपाली सवार बस दुर्घटना, ६ जनाको मृत्यु

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ९ : २१


काठमाडौं । भारतमा नेपाली तिर्थयात्री चढेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

भारतको तमिलनाडुको सालेममा बुधबार राति भएको सडक दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको हो ।

३४ जना नेपाली तीर्थयात्रुहरु बोकेको बस कन्याकुमारीबाट कर्नाटकको बैंग्लोर जाँदै गरेका बेला दुर्घटनामा परेको हो ।

दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन्। 

तीर्थ यात्राका लागि हिँडेको उक्त बसमा ३४ यात्रु सवार थिए ।

उनीहरू नेपालको सुनसरीबाट २३ माघमा ३५ दिनको लागि तीर्थयात्रामा निस्किएका थिए । 

मृत्यु हुनेमा ४ पुरुष २ महिला रहेका छन् । मृत्यु हुनेमा ५६ वर्षीय गोपाल तामाङ, ५५ वर्षीया फितासरी चौधरी, ६० वर्षीय विष्णु दाहालको सनाखत भएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्