बाँस्कोटाको अडियो प्रकरणमा काङ्ग्रेसद्वारा राष्ट्रियसभा अवरूद्ध

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ७ : ४०


काठमाडौं । सञ्चार मन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक भएपछि नेपाली कांग्रेसले राष्ट्रियसभा अबरूद्ध गरेको छ।

सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै काँग्रेसले सदन अवरुद्ध गरेको छ। 

मन्त्री बाँस्कोटालाई बर्खास्त गर्दै उनीमाथि छानबिन गर्न काँग्रेसले आग्रह गरेको छ। 

बिहिबार बसेको बैठकमा काँग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक फागुन १५ गते सम्मका लागि स्थगित भएको छ। 


प्रतिक्रिया दिनुहोस्