विमानस्थलमा पर्यटकलाई स्वागत गर्न रोबोट राखियो

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ७ : ३२


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोट मार्फत यात्रुलाई सेवा दिन थालिएको छ।

संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार एक कार्यक्रमबीच रोबोट सेवाको उद्‌घाटन गर्नुभएको हो।

पर्यटन परी नाम दिइएको दुईवटा रोबोटहरूले बिमास्थलमा यात्रुलाई अभिवादन गर्ने काम गर्नेछन्।

त्यस्तै रोबोटमा सेट गरिएअनुसारका सूचना टच स्क्रिन मार्फत उपलब्ध गराउने छन्। रोबोटहरू विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ।

रोबोटहरूले अङ्ग्रेजी र चिनियाँ भाषमा संवाद गर्ने र पर्यटकहरूलाई नेपालका पर्यटन गन्तव्य भिसा प्रक्रिया लगायतका विषयमा जानकारी गराउने छन्।

रोबोट सेवाको उद्‌घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधि मैत्री र आधुनिक बन्दै गएको बताउनुभयो।

उहाँले यात्रुहरूलाई विमानस्थलको भिन्दै पहिचान दिने र नेपाल पनि प्रविधिमा फड्को मर्दैछ भन्ने सन्देश दिने बताउनुभयो।

मन्त्री भट्टराईले रोबोट सेवा प्रभावकारी भएमा निर्माण हुँदै गरेका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्थापित गर्ने बताउनुभयो।

रोबोटको सञ्चालन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा गरिएको हो। रोबोटको लागत प्रतिरोबोट २० लाख रुपैयाँ रहको छ।    


प्रतिक्रिया दिनुहोस्