काठमार्डौ । अश्लील शब्द बाेल्ने मन्त्रीलाई कारबाही नभए कर्मचारी युनियनले बहिष्कार गर्ने भएकाे छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्वजनिक भएपछि उहाँको चौतर्फी विरोध भइरहेको हाे। यसै क्रममा उहाँकाे अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले कर्मचारीलाई अश्लील शब्द बाेलेकाे भन्दै आपत्ति जनाएको छ । उहाँको अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीलाई दुखी बनाएको भन्दै कर्मचारी युनियन (सङ्घ)ले प्रेश विज्ञप्ति मार्फत आपत्ति जनाएको हो ।
मन्त्रालयका कर्मचारीलाई अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भए पछि युनियन(सङ्घ)का उपमहासचिव दुर्गाप्रसाद फुयाँलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यस सम्बन्धमा स्वतन्त्र छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दछौँ ।’ ‘नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट यस्तो उपेक्षा बोधक अश्लील शब्दले आम राष्ट्रसेवकलाई मान मर्दन गर्नु खेदयोग्य र कारबाहीजन्य अपराध हो भन्दै अपशब्द र अश्लील शब्द प्रहार गर्ने मन्त्रीलाई कानुनी कारबाही नभएमा बहिष्कार गर्ने समेत चेतावनी युनियन केन्द्रीय कार्यसमितिले दिएको छ ।