आज र भोलि पानी पर्ने, यस्तो छ ३ दिने मौसम पूर्वानुमान

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ७ : १७


काठमाडौँ । आज देशका विभिन्न स्थानमा बदिलीसँगै वर्षाको सम्झावना रहेको छ। 

पश्चिमी वायुको प्रभाव देखिएका कारण देशभर सामान्य बदली रही पश्चिमका केही भू-भागमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ। 

महाशिवरात्री अर्थात भोलि पनि बदलीसँगै वर्षाको सम्भावना रहेको छ। 

यस्तो छ ३ दिने मौसम पूर्वानुमान 

फागुन ०८ गते (बिहिबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।

रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ।

फागुन ०९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।

रातीः देशभर आँशिक देखि सामान्य बदली रहने छ।  पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ।

फागुन १० गते (शनिबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाड का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।

रातीः पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ।


प्रतिक्रिया दिनुहोस्