कम्प्युटर प्रणालीमा ‘कट, कपी, पेस्ट’ का आविश्कारक टेस्लरको निधन

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ७ : ०८


काठमाडाैं । कम्प्युटर प्रणालीको सुरुवाती चरणका आइकन ल्यारी टेस्लरको निधन भएको छ । उनले सन् १९६० को दशकको सुरुमा सिलिकन भ्यालीमा काम गर्न सुरु गरेका थिए ।

टेस्लरले कम्प्युटर प्रणालीमा ‘कट’, ‘कपी’ र ‘पेस्ट’ का आविश्कारक हुन् । उनको यो खोजले कम्प्युटर प्रयोग तथा सञ्चालनलाई सहज बनाएको छ । सन् १९४५ मा न्यूयोर्कको ब्रोन्समा जन्मिएका उनले क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्