अडियो प्रकरणः मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न नेविसंघको माग

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ६ : ४७


काठमाडौँ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। 

आज बिहान विज्ञप्ति जारी गर्दै नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले बाँस्कोटालाई तत्काल बर्खास्त गरी कानुनी प्रक्रिया अगाडि बढाउन माग गर्नुभएको छ। 

उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, सरकारका प्रवक्ता तथा आफ्ना प्रिय पात्रलाई संरक्षण उद्दत देखिए नेपाल विद्यार्थी संघ आन्दोलनको आधिवेरी सृजना गर्न बाध्य कुरा यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ ।’


प्रतिक्रिया दिनुहोस्