दुई अध्यक्षको बैठक सकियो, बाँस्कोटाबारे निर्णय लिने जिम्मा ओलीलाई

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ६ : ३९


काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच 'सञ्चारमन्त्रीको अडियो' प्रकरणबारे छलफल भएको छ।

एक कम्पनीमार्फत कमिसन लिन एजेन्टसँग डिल गरिरहेको अडियो सार्वजनिक भएपछि अध्यक्षद्वयबीच बालुवाटारमा छलफल भएको हो।

स्रोतका अनुसार बाँस्कोटाबारे प्रधानमन्त्री ओलीले नै अन्तिम निर्णय लिने भएका छन्। भेटमा प्रचण्डले तत्काल राजीनामा दिन लगाउने प्रस्ताव गर्नु भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले आफूले बोलाएर छलफल गरेर मात्र निर्णयमा पुग्नुपर्ने बताउनु भएको छ।


प्रतिक्रिया दिनुहोस्