काठमाडौँ । साताको पाँचाैं दिन अर्थात बिहिबार पनि सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। हिजो छापावाल सुन प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै हिंजाे प्रतितोला ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको तेजावी सुन आज बढेर ७७ हजार ३ सयमा काराेबार भइरहेकाे छ। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रूपैयाँले बढेर ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।