काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बाँस्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यसबारे आफ्नो प्रतिक्रिया दिनुभएको छ।
उहाँले प्रधानमन्त्री ओलीलाई सुझाव बन्दै मन्त्री बाँस्कोटालाई तत्काल पदबाट हटाउन र आवश्यक छानविन गर्न अनुरोध गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'प्रधानमन्त्री ज्यु, तपाईँको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु, यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।'
प्रम @kpsharmaoli ज्यु, तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु- यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।https://t.co/ztDLsqVZQK via @hamrakura
— Kamal Thapa (@KTnepal) February 20, 2020