कञ्चनपुर । ७० करोड कमिसनको सेटिङ गरेको भन्ने अडियो सार्वजनिक भएपछि सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रतिक्रिया दिनुभएको छ।
कञ्चनपुर भ्रमणमा रहनुभएका मन्त्री बाँस्कोटाले बेलडाँडी गाउँपालिकाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा अडियो प्रकरणबारे आफ्नो प्रतिक्रिया दिनुभएको हो।
उहाँले भन्नुभयो, मेरो बारेमा चर्चा चलेको छ। तर अहिले यसबारेमा बिस्तृतमा भन्दिनँ।” काठमाडौँ पुगेर म आफ्नो धारणा राख्छु।”
व्यक्तिमाथि आरोपलाग्दा त्यसको असर व्यक्ति स्वयमलाई पर्ने बताउँदै मन्त्री बास्कोटाले आफूले गलत गरेको भए त्यसको सजाय भोग्न तयार रहेको बताउनुभएको छ।
“व्यक्तिका लागि पार्टी जाँदैन। जसले गल्ती गरेको हो त्यो जान्छ, आत्तिनु पर्दैन। मैले गल्ति गरेको भए म जाउँला।”