काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसनको सेटिङ गरेको भन्ने अडियो सार्वजनिक भएसँगै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले यसबारे आफ्नो धारण राख्नुभएको छ।
भट्टराईले सामाजिक सञ्जाल ट्वीटमा आफ्नो प्रतिक्रिया दिदै 'यही यो भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्नुभएको प्रधानमन्त्री ज्यू भन्दै प्रश्न गर्नुभएको छ।'
उहाँले लेख्नुभएको छ, 'अरूको आङको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आङको भैँसी हेर्ने हो की प्रधानमन्त्री ज्यू ?'
अरूको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आंगको भैसी हेर्ने हो कि प्रम@kpsharmaoli ज्यू! यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको? https://t.co/4FLx0EUQ1r
— Baburam Bhattarai (@brb1954) February 20, 2020