टिकटक बनाउँदा-बनाउँदै गुडिरहेको ट्रेनबाटै खसे युवक, मन्त्रीले शेयर गरे भिडियो

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ३ : ०६


टिकटक बनाउने चक्करमा एक युवक चलिरहेको ट्रेनबाट खसेका छन्। उक्त दृष्यको भिडियो रेल मन्त्रीले शेयर गरेका छन्। 

भारतका रेल मन्त्री पियुष गोयलले एक टिकटक भिडियो शेयर गरेका छन्। उक्त भिडियोमा एक युवक तिब्र गतिमा गुडिरहेको ट्रेनबाट लडेको देख्न सकिन्छ। तर उनको टाउँको पटरीमा परेका कारण उनलाई केही हुँदैन्। 

उक्त भिडियो शेयर गर्दै रेल मन्त्री पियुषले लेखेका छन्, चलिरहेको ट्रेनमा यस्तो काम गर्नु बहादुरी हैन, मुर्खता हो। तपाईको जीवन अमूल्य छ। यसलाई घतरामा नपार्नुहोस्। नियमको पापना गर्नुहोस् र सुरक्षित यात्राको आनन्द लिनुहोस्।  


प्रतिक्रिया दिनुहोस्