बाजुरामा भूकम्पको धक्का

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  २ : १६


बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगमा भूकम्पको धक्का महशुस गरिएको छ। 
 
बुधबार राति ९ बजेर १३ मिनेट जाँदा बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

भूकम्पको धक्का महशुस भएपछि राति भागदौड मच्चिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ। 


प्रतिक्रिया दिनुहोस्