१७ भाइ सम्पादकलाई दहालको प्रहार : असली कोरोना भाईरस तिमिहरु हौ

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ६ : ०४


 

काठमाडौं । चिनियाँहरुका भगवान अर्थात माओत्सेतुङ । उनै माओको मुखमा मास्क लगाएको फोटो राखेर चिनले नै कोरोना फैलाउदै गरेको आसयको लेख एक मिडियामा प्रकाशित भए पछि उत्पन्न बिबाद 'सम्पादकहरु' र चिनियाँ राजदुत सम्म मात्र सिमित भएन। यसले एउटा आम बहसको रुप लिन पुग्यो । 

आफ्ना बिचार अत्यन्तै खरो रुपमा राख्ने पहिचान भएका राजनीतिक विश्लेषक भरत दहालले पनि उक्त सन्दर्भमा केही टिप्पणीहरु गरेका छ्न । उनी भन्छ्न ।

"पत्रकारको भेषमा लुकेका ए सिआईए र रअ का सुराकीहरु हो ! अमेरीकाले नेपालमा धर्म परिवर्तनको अधिकार दिनु पर्छ भनेर वक्तव्य दिंदा कुटनीतिक मर्यादाको उल्लंघन भएको थियो कि थिएन ? यूरोपीयन यूनियनले खस जातिको विराेधमा नाम किटेर संयुक्त प्रतिवेदन दिंदा कुटनीतिक मर्यादाको हनन् भएको थियो कि थिएन ?

ईण्डियाले संविधानमा आफ्ना मागहरु सामेल गर्नु पर्छ भनेर बुँदा पठाउँदा कुटनीतिक मर्यादाको हनन् भएको थियो कि थिएन ? यीनीहरुका विरुद्धमा संयुक्त वक्तव्य आयो कि आएन ? काेराेना भाइरस त तिमीहरू हाै।

पत्रकारीताको मुकुण्डोमा खेल्न सकिन्छ भन्ने सपना छोड ! यो देशको संकटसंग जोडिएको ध्रुविकरण हो। MCC पारित गरेर नेपाल किन्न अथक प्रयास गरिरहेको CIA ले आफ्नो आक्रोस को बाट कुन बहानामा पोखिरहेको छ भन्ने कुरा हामी पनि बुझ्छौं। पृथ्वीनारायण शाहलाई निषेध गर्ने तिमीहरुको मिशन हामीले पनि बुझेका छौं। तिमीहरुको स्वतन्त्रता तिमीहरुको अन्नदाताको नव उदारवाद जस्तै हो।

CIA को नव उदारवादले भन्छ- जसले आफूसंग प्रतिस्पर्धा गर्न सक्दैन र लुट्न सकिन्छ, त्यहाँ खुला बजार अर्थतन्त्र (नव उदारवाद), जससंग प्रतिस्पर्धा गर्न सकिन्न त्यससंग कर बृद्धि गरेर संरक्षणवाद (व्यापार युद्ध)।" 


प्रतिक्रिया दिनुहोस्