माओको मुखमा कोरोना भाइरस देखाउने यी पत्रकार हुन कि सिआइएका सुराकी ? – दहाल

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ५ : ३४


काठमाडौ । चिनियाँ राजदुतको वक्तव्यले नेपाली समाजलाई पनि पक्ष विपक्षमा बाडी दिएको छ। आफुलाई बरिस्ठ मान्ने १७ सम्पादहरुले  वक्तव्य निकाल्दै कडा  शब्दमा  चिनियाँ राजदुतको बिरोध गरेका छ्न । जन स्तरमा भने चीन प्रतिको सहानुभूति नै बढी देखिएको छ। 

 नेपाल स्थित चिनियाँ दुतावासले नेपालको काठमाडौं पोष्ट र सम्पादक अनुप काफ्ले विरुद्ध निकालेको विज्ञप्ति प्रति  सम्पादकहरुले विरोध जनाएका छन्। नेपालका १७ जना सम्पादकहरुले विज्ञप्ति जारी गर्दै दुतातावासको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताएका छन्।

तर चिनको पक्षमा उत्रेका बामपंथी विश्लेषक भरत दहालले उक्त लेख र त्यसलाई प्रकाशित गर्ने सम्पादक र वक्तव्य दिने सम्पादकहरु प्रति कडा टिप्पणी गरेका छ्न । 

उनी भन्छ्न 'कहिलेको माओ त्सेतुङ कहिलेको कोरोना भाईरस ! माओको मुखमा कोरोना भाईरस देखाउने कुतत्व पत्रकार हो कि सिआईएको सुराकी ? यो कुनै विचारलाई लक्षित गरेर सिआईएको दाना धर्म निर्वाह गरेको होईन ? अरुलाई उपदेश दिने बेला सत्य र तथ्यको वकालत, ग्वेवल्स शैलीमा आफूले कसैको दलाली गर्नु पर्दा प्रेस स्वतन्त्रता ! '


प्रतिक्रिया दिनुहोस्