७९ औं बर्षको उमेरमा सिंगल भए अल पचिनो, प्रेमिकाले छाडिन्

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ४ : ४७


एजेन्सी । ओस्कार अवार्ड विजेता चर्चित हलिउडअभिनेता अल पचिनो ७९ औं वर्षको उमेरमा सिंगल बनेका छन ।

न्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ४० वर्षीया प्रेमिका मितेल दोहानले उमेरको फरक धेरै भएपछि ब्रेकअप गरेकि छन्।

पसिनोले केहि दिन अघि सम्पन्न स्कार अवार्ड समारोहमा भाग लिएका थिए। अभिनेत्री समेत रहेकि मिटल पेशेसँग उनी करिब २ बर्षदेखि सम्बन्धमा थिए।

मितेलले यस कुराको पुष्टि गर्दै उनी बृद्ध भइसकेकाले वृद्धसँग बस्न गाह्रो भएको बताइन । दुई बर्ष पहिले प्रस्ताव राख्दा समेत आफूू अस्वीकार गर्ने प्रयाश गरेको उनले बताएकि छन् । 

मितेलले झगडा भएपछि उनको साथ छोडेको बताएकि छन् । उनले अल पचिनोलाई सधै सम्मान गर्ने बताइन। 

'मेरा लागि उहाँसँग बस्न पाउनु सम्मानको कुरा हो, मलाई खुसी लागेको छ कि हामी सम्बन्ध रह्यौं । मलाई आशा छ कि हामी भविष्यमा राम्रा साथीहरू रहनेछौं।' उनले भनेकि छन्।


प्रतिक्रिया दिनुहोस्