कोरोना भाइरस : २ महिने शिशु सहित दर्जनौं संक्रमित डिस्चार्ज, २० प्रहरीको मृत्यु

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ३ : ५८


एजेन्सी । चीनमा कोरोना भाइरस विरुद्धको लडाईमा अग्रमोर्चामा खटेका २० प्रहरीको मृत्यु भएको छ।

विभिन्न ठाँउको चेकजाँचका क्रममा कोरोना भाइरस संक्रमित भएका उनीहरुको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

लगातार १० दिन भन्दा बढि सयम काममा खटेका केहिको हृदयघातका कारण पनि मृत्यु भएको बताइएको छ।

उनीहरुमध्ये केहि बिरामी तथा परिवार र बच्चा बच्चीको हेरचाहमा समेत खटेको बताइएको छ।

उक्त क्रममा भाइरसको सिकार भएका हुन। कोरोना भाइरस विरुद्धको लडाईमा अग्रमोर्चामा खट्का ३ हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । उनीहरुमध्ये ७ जनाको मृत्यु भइसकेको छ। 

यसैबीच, बुधबार २ महिने शिशु सहित करिब २ दर्जन बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन्। 

चिनियाँ अधिकारीहरुका अनुसार बुधबारसम्ममा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ भने ७५ हजार मानिस बिरामी भएका छन्।


प्रतिक्रिया दिनुहोस्