कावेरी आमाको मृत्युपछि शोकमा डुबे शाहरुख खान, लेखे भावुक स्टाट्स

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १ : ५९


बलिउड अभिनेता शाहरुख खानको फिल्म स्वदेशमा कावेरी आमाको भूमिका निर्वाह गरेकी कलाकार किशोरी बलालको निधन भएको छ।  

उनको मंगलबार राति भारतको बेंगलुरुको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। विभिन्न कन्नड फिल्ममा महत्वपूर्ण भूमिका निभाएकी बलालले सन् २००४ मा प्रदर्शन भएको शाहरुख खानको चलचित्र स्वदेशमा कावेरी आमाको भूमिका निर्वाह गरेकी थिइन्।  

बलालको निधनपछि शाहरुख खानले भावुक स्टाट्स पोस्ट गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पन गरेका छन्। उनले भनेका छन्, उनको आत्माले शान्ति पाओस्। किशोली आमाको निकै याद आउनेछ। मैले कहिलै भूल्न सक्दिन्। उनले कुनै पनि तरिकाले चुरोट पिउन रोक्थिन् र अहिलेकाही गाली पनि गर्थिन्। भगवाले उनको ध्यान राखोस्। 


प्रतिक्रिया दिनुहोस्