श्रीमानले ३ बच्चालाई कारमा जलाए, श्रीमतीको अस्पतालमा मृत्यु

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १ : २८


एजेन्सी । अष्ट्रेलियाको ब्रिसबोनमा एक चर्चित रग्बी खेलाडीले आफ्ना तीन बच्चाहरू सहित पत्नीलाई कारमा राखेर आगो लगाएका छन्।

६, ४ र ३ वर्षका बच्चाहरु सहित पत्नीलाई कारमा राखेर आगो लगाएका हुन्। 

बच्चाहरूको कारमै जलेर मृत्यु भएको छ। घाइते रहेकी पत्नीलाई अस्पताल लगिएकोमा उनको पनि मृत्यु भएको बताइएको छ।

डेली मेलको रिपोर्ट अनुसार ३१ बर्षिया महिला हन्ना बक्स्टर पतिले आफूमाथि पेट्रोल छर्केर आगो लगाएको भन्दै कारबाट बाहिर निस्केकि थिइन।

सडकमा रहेका एक व्यक्तिले उनको शरीरमा रहेको आगो निभाउन मद्दत गरेका थिए। अस्पताल पुर्याइएको उनको मृत्यु भएको हो।

घटनामा आगो लगाउने खेलाडी रोवन चार्ल्स बक्स्टर पनि घाइते भएका थिए। पछि उनले आत्महत्या गरेको बताइएको छ। घटना हुनु अघि सबै एउटै एसयूभी कारमा थिए। 

रोवन अष्ट्रेलियाका राष्ट्रिय रग्बी लिगका पूर्व खेलाडी हुन।

रिपोर्टका अनुसार गत वर्षको अन्त्यमा श्रीमान्-श्रीमतीको सम्बन्धमा दरार आएको थियो। सम्बन्धमा फाँटो आएपछि महिला आफ्ना बाबुआमाको घरमा बस्न थालेकी थिइन। 

रोवन चार्ल्सका साथीले उनी पछिल्लो समय डिप्रेसनबाट गुज्रिरहेको बताएका छन्।

उनीहरूका छिमेकीहरू भन्छन् 'दुई जना भाडाको घरमा सँगै बस्दै आएका थिए र पछि अलग भए।'

यसभन्दा पहिले उक्त परिवार खुशी जस्तै देखिन्थ्यो। अब छिमेकीहरूले कहिल्यै उनीहरूको झगडा सुन्ने छैनन्।

 


प्रतिक्रिया दिनुहोस्