जम्मु कश्मिरमा ३ आतंककारी मारिए

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १२ : १३


श्रीनगर । जम्मू काश्मिरमा भएको भिडन्तमा ३ आतंककारी मारिएका छन् । 

भारतीय मिडियाका अनुसार पुलवामा जिल्लामा बुधवार सुरक्षाफौज र आतंककारी बीच भिडन्त भएको हो । 

काश्मिर जोन प्रहरीले ट्वीट गर्दै उक्त जानकारी दिएको छ । 

आतंककारीहरूले गोली हान्न शुरू गरेपछि जवाफमा सेनाले गोली चलाएको दाबी गरिएको छ । शान्ति सुरक्षालाई नियन्त्रण गर्न उक्त क्षेत्रमा थप सेनाहरू परिचालन गरिएको छ।

भारतीय सेना स्रोतका अनुसार लडाकू अन्सार गजवत उल हिन्द संगठनसँग सम्बन्धित थिए। 

मारिनेहरु लामो समयदेखि मान्छेहरूलाई मार्ने तथा धम्की दिने घटनामा संलग्न रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्