कोरोना भाइरसबाट अस्पतालकी नर्सको मृत्यु, आफन्त पनि गुमाइन

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ११ : २६


बेइजिङ । चीनको हुबई प्रान्तको वुहानमा बिरामीको उपचारमा संलग्न एक नर्सको कोरोना भाइरसका कारण मृत्यु भएको छ। 

वुहानको वुचाङ्ग अस्पतालकी उपप्रमुख नर्स ल्यु फया्न तथा उनका बुबा र भाइको घातक भाइरसबाट मृत्यु भएको चिनियाँ अखबार गोल्बल टाइम्सले जनाएको छ।

फेब्रुअरी २ सम्म नर्स फया्न अस्पतालको इन्जेक्सन कोठामा ड्युटीमा खटेकी थिइन्। फेब्रुअरी ७ मा उनमा कोरोना भाइरस संक्रमण भएको थियो।

सङ्क्रमित भएपछि उनको उपचारका क्रममा निधन भएको बताइएको छ। उनका श्रीमान् र छोरीलाई क्वारेन्टाइनमा राखिएको छ।

केही दिन अघि उक्त घातक भाइरसबाट वुहान अस्पतालका प्रमुखको समेत ज्यान गएको थियो।

चीनमा २ हजार भन्दा बढिको ज्यान लिएको यो भाइरसबाट संसारभरि ७५ हजार भन्दा बढि मानिस संक्रमित भएका छन्।

यो पनी

वुहान अस्पतालका प्रमुखको कोरोना भाइरसका कारण मृत्यु
 


प्रतिक्रिया दिनुहोस्