चीनले नेपाली पत्रकारलाई ‘धम्की’ दिनु निन्दनीय : महासङ्घ

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १० : ५५


काठमाडौं। नेपाल पत्रकार महासङ्घले चिनियाँ राजदूतावासको विज्ञप्तिको विरोध गरेको छ।

पत्रिकामा प्रकाशित लेखको बिषयलाई लिएर दुतावासले विज्ञप्ति निकालेपछि महासंघले आपत्ति जनाएको छ।

यस्तो छ विज्ञप्ति

''द काठमाण्डु पोष्टमा प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो । कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैंमा निन्दनीय छ । महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ।''

रमेश विष्ट
महासचिव  

 


प्रतिक्रिया दिनुहोस्