सडकमा गोरुले आक्रमण गर्दा बालकको ज्यान गयो, भिडियो भाइरल

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १० : २१


एजेन्सी। भारतको उत्तर प्रदेशमा सडकमा छाडा गोरुले युवकलाई सिंहले हान्दै गरेको भिडियो भाइरल बनेको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार छाडा गोरुको आक्रमणबाट युपीको अलीगरमा घर बाहिर खेलिरहेका १० बर्षका बालक हरिओमको मृत्यु भएको छ।

सामाजिक सञ्जालमा भाइरल बनेको यो भिडियो सेयर गर्दै मानिसहरूले छाडा गाईवस्तुको समस्यालाई समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।

राज्य सरकारले अवैध वध हत्यामा प्रतिबन्ध लगाएपछि युपीमा छाडा गाईवस्तुको जोखिम बढेको बताइएको छ। यस्तो छ भाइरल बनेको भिडियो  


प्रतिक्रिया दिनुहोस्