अस्ट्रेलियाको मेलबोर्नमा दुई विमान ठोक्किए, चार जनाको मृत्यु

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ९ : ४५


मेलबोर्न । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ। 

प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ। ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए। 

दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्