दुई शिक्षकको एक युवतीसँग माया बसेपछि…

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ७ : २४


त्रिकोणात्मक प्रेम प्राय अपराध तिरै धकेलिने गर्दछ। यस्तै घटना भारतको उत्तर प्रदेशस्थित मिर्जापुर भन्ने स्थानमा पनि घटेको छ। 

जहाँ एकै स्कुलमा पढाउने शिक्षकको एक युवतीसँग माया बस्यो। पहिले त दुबैले एक अर्कालाई सम्झाए। तर सहमति नभएपछि एक अर्काको ज्यान लिन पछि परेनन्। 

मिर्जापुरको विध्याचलस्थित रैपुरी गाउँको इनारमा शिक्षक सुरज पाण्डेको शवको मामिलामा मंगलबार प्रहरीले सनसनीपूर्ण खुलासा गरेको हो। सुरजको हत्या त्यही स्कुलमा पढाउने अर्का शिक्षकले घाँटी दबाएर गरेको त्यहाँका प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रहरीका अनुसार मृतक सुरज, अनुज, रत्नेशले एकै पब्लिक स्कूलमा पढाउने काम गर्दथे। सुरज र अनुज एक राम्रा साथी थिए। अनुज एक युवतीसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। यसैबीच दुई महिनापछि त्यही युवतीसँग मृतक सुरजको पनि फोन हुन थाल्यो। अनुजलाई यो कुराको थाहा भएपछि पहिले त सुरजलाई मनाउने प्रयास गरे। तर नमानेपछि अनुजले आफ्ना साथी रत्नेशसँग मिलेर ११ फेब्रुअरीमा सुरजको हत्या गरेर शवलाई इनारमा फाले। 

त्यसपछि १३ फेब्रुअरीमा अनुजले पनि झुण्डिएर आत्महत्या गरे। प्रहरीले हत्याको आरोपमा रत्नेशलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।   


प्रतिक्रिया दिनुहोस्