युवकले यौन व्यवसायमा लागेकी युवतीसँग विवाह गरेपछि…

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ६ : ०२


देहव्यापारमा लागेकी युवतीसँग एक युवकको माया बसेपछि उनीहरुले विवाह गरेका छन्। उनीहरुको जीवनमा देखिएका पीडा र समस्या भूलाएर उनीहरुले प्रेम जीवनलाई अगाडि बढाएका हुन्।

यो घटना हो भारतको कोलकाताको । एक युवती नचाहादा नचाहादै देहव्यापारमा लाग् बाध्य भएकी थिइन्। तर उनलाई यस्तो युवकको साथ मिल्यो जसले उनको जीवनलाई परिवर्तन गरिदियो। 

एक एनजीओले ती युवतीलाई देश व्यापारको धन्दाबाट बाहिर निकालेका थिए। एनजीयोले नै युवतीको नाम परिवर्तन गरेर खुलेसा राखे। खुलेसाले सबै आफू उक्त दलदलबाट निस्किने र नयाँ जीवनको सुरुवात गर्ने अपेक्षा राख्दै आएकी थिइन्। 

सुलेखा र उनका परिवार हल्दियामा बस्ने गर्दथे। सुलेखा १५ वर्षको हुँदा उनकी हजुरआमाले उनलाई घरबाट बाहिर निकालेकी थिइन्। उनले सानैमा आफ्ना पिता गुमाएकी थिइन्। आमाले उनीमाथि भएको अत्याचार रोक्न सकिनन्। 

सुलेखाले भनेकी छिन्, मलाई मेरो हजुरआमाले घरबाट निकालिन्। तर मेरी गरिब आमाले केही गर्न सकिनन्। त्यसपछि म मेचाडा रेलवे स्टेशन पुगे र कामको खोजी गर्न थाले। त्यसै क्रममा एक व्यक्ति मेरो नजिक आएर एक घरमा काम पाइने र त्यसबाट पैसा र खाना मिल्ने बताए। 

उनी ती व्यक्तिको कुरामा विश्वास गरिन र ती व्यक्तिले दिएको केही खाने कुरा खाइन्। त्यसपछि अर्को दिन मेरो होस् आउँदा म वेश्वालयमा थिए, उनले भनिन्। 
त्यो दिनदेखि उनमाथि कुटपिट, यातना र यौन शोषण हुन थाल्यो। एक दिन एनजीओले वेश्वालयमा छापा मारेर ती व्यक्तिसहित केहीको उद्धार गर्यो। त्यो बेला सुलेखाको उमेर १८ वर्षको थियो। त्यसपछि उनले बेकरीको तालिम लिएर त्यसमै काम गर्न थालिन्। 

यसै क्रममा ती व्यवतीको एक युवकसँग प्रेम भयो। उनले प्रेम प्रस्ताव अघि आफ्नो सबै वास्तविकता बताएकी थिइन्। तर पनि ती युवकले उनलाई प्रेम गर्न छाडेनन्। 
त्यसपछि दुबैले विवाह गरेर नयाँ जीवनको सुरुवात गरे। 


प्रतिक्रिया दिनुहोस्