महाशिवरात्रिमा पानी पर्ने, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ५ : ३१


पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना हरेको छ। 

मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले  पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभाव महाशिवरात्रिको दिन अर्थात शुक्रबारसम्म कायम रहने महाशाखाले जनाएको छ। 

यस्तो छ ३ दिने मौसम पूर्वानुमान 

फागुन ०७ गते (बुधबार)

दिउँसोः देशको पश्चिमी भु-भागमा लगायत मध्य तथा पूर्वि पहाडी भु-भागमा आन्शिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

फागुन ०८ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

फागुन ०९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर आन्शिक देखि सामान्य बदली रहने छ।  पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस्