काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार पनि सुनको मूल्य बढेको छ।
आज छापावाल सुन प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।
हिजो छापावाल सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ९०५ रुपैयाँमा कारोबार भइरहेको छ।