लन्डन। बेलायतको लन्डनस्थित किंग्स कलेज अस्पतालमा शल्यक्रियाका क्रममा नयाँ घटना घटेको छ। अपरेशन थिएटरमा ५३ वर्षीया ड्यागमर टर्नरको शल्यक्रियाका क्रममा होस् आएको छ।
६ घण्टाको शल्यक्रियाको बीचमा टर्नरको होश आएको थियो। होस आएपछि उनलाई डाक्टरले भाइलन बनाउन दिए। ताकी उनको सबै ध्यान भाइलनमै केन्द्रीत होओस् । उनले भाइलन बनाउँदै गरिन् भने डाक्टरले शल्यक्रिया गर्दै गए। शल्यक्रिया गरेर डाक्टरले टर्नरको टाउकोको ट्युमर निकालेका थिए।
शल्यक्रियाको बीचमा ड्यागमर टर्नरको होश आउन थाल्यो र उनलाई भाइलन बनाउन दिने आइडिया डाक्टरले निकालेका थिए। न्यूरोसर्जन प्रोफेसर कोयोमार्स शकनका अनुसार करिव ९० प्रतिशत ट्यूमर निकालिएको छ, र अहिले उनको अवस्था समान्य रहेको छ। बेलायतको किंग्स अस्पतालमा ब्रेन ट्यूमरको ठूलो सेन्टर छ। जहाँ प्रत्येक वर्ष ४०० शल्यक्रिया हुन्छन्।
कायोमार्स शकनका अनुसार ड्यागमर टर्नरलाई २०१३ मा ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो। भाइरल ड्यागमर टर्नरको शोख हो। उनी दश वर्षको उमेरदेखि नै भाइलन बजाउँथिन्।