शिवरात्रिमा ग्राहकलाई सानिमा बैंकको डिजिटल प्रसाद

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  २ : ५०


काठमाडौँ । सानिमा बैंकले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष प्रसाद प्रदान गर्ने भएको छ। 

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनका लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ।

यो योजना अन्तर्गत विवाहित दम्पतीले खाता खोले डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउनेछन् ।

साथै, यो योजनामा महिला ग्राहकले एक सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनेछन् । यो योजना फागुन ७ देखि ११ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्