बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  २ : ३१


काठमाडौँ । आज (बुधबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।         

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२३ रुपैयाँ ७१ पैसा छ भने बिक्रीदर मूल्य १२४ रुपैयाँ ३६ पैसा छ।   

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ६८ पैसा छ।           

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्