प्रेमीको शवमाथि सुत्दै आएकी थिइन् प्रेमिका, रहस्य खुलेपछि प्रहरी हैरान

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ३ : १६


एक प्रेमिका करिब दुई महिनादेखि प्रेमीको शवमाथि सुत्दै आएकी थिइन्। घटनाको खुलासा भएपछि प्रहरी समेत अचम्मित बनेको छ। 

घटना भारतको मध्य प्रदेशस्थित सीधि जिल्लाको हो। सीधिदेखि करिब ७० किलोमिटर टाढा कुसमी भन्ने स्थानको हो। कमक्ष गाउँकी एक प्रेमिकाले प्रेमीको शव कोठामै गाडेर त्यसमाथि सुत्दै आएकी थिइन्। दुई महिनादेखि उनी त्यही शवमाथि सुत्दै आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रेमीको परिवारले  उनी वेपत्ता भएको निवेदन दिएपछि छानविनका क्रममा घटनाको खुलासा भएको हो। प्रहरीका अनुसार २५ वर्षीय प्रेमिका जानु सिंहको सतना जिल्लाका २७ वर्षीय इशान मोहम्मदबीच प्रेम सम्बन्ध थियो। दुबैबीच मोबाइलबाट प्रेमको सुरुवात भएको थियो। 

प्रेम गाढा भएपछि जानु इशानसँग भागिन्। त्यसपछि उनीहरु दुबै कमक्ष गाउँ गएर बस्न थाले। केही दिनपछि उनीहरुबीच झगडा हुन थाल्यो। झगडा बढ्दै गएका बेला युबकले एक दिन झुण्डिएर आत्महत्या गरे।
 
प्रेमिकाले प्रेमिको शव झुण्डिएको देखेपछि उनी डराएर घरभित्रै शव गाडिन् र त्यही माथि सुत्दै आएकी थिइन्। प्रहरीले जानुसँग सोधपुछ गरेपछि घटनाको बारेमा खुलासा भएको हो। घटनाका बारेमा थाहा पाएपछि प्रहरी समेत चकित बनेको छ। 
 


प्रतिक्रिया दिनुहोस्