७६ वर्षका कांग्रेस नेता ६ वर्षीया बालिका बलात्कारको आरोपमा समातिए

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : ४९


काठमाडौं । गुल्मी जिल्लामा नेपाली कांग्रेसका ७६ वर्षीय स्थानीय नेता ६ वर्षीय बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । गुल्मी दरबार गाउँपालिका– २ जुभुङ्गमनका केशरसिंह सारु बलात्कार अभियोगमा पक्राउ परेका हुन् ।

हाल नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि सारुलाई सोमबार पक्राउ गरी आज अदालतमा जबरजस्ती करणी अभियोगको मुदा दर्ता गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  पीडित ६ वर्षीया बालिकाले हिजो दिउँसो घरमा कोही नभएको बेला आएर ५ रुपैयाँ पैसा दिई अप्राकृति ढंगले यौन क्रियाकलाप गरेको बताएकी छन् । 

बालिकाकी आमाले साँझ घर आउँदा छोरीले पिसाव फेर्न गाह्रो भएको भन्दै दुख्यो भनेपछि सोधपुछ गर्दा त्यस्तो कार्य गरेको बताएपछि उजुरी दिइएको थियो । वडा नम्बर २ की वडासदस्य देवीकुमारी रानाले आफूलाई समेत मुद्दा फिर्ता गराउन ठूलो दवाव आएको बताएकी छन् । 
 


प्रतिक्रिया दिनुहोस्