पत्रिका बेचेर पढाई खर्च जोहो गर्दै आएका किशोरले गरे आत्महत्या

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : ३६


जनकपुर । पत्रिका बेचेर विद्यालयको खर्च जुटाउँदै आएका एक किशोरले आत्महत्या गरेका छन्। धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा दैनिक पत्रिका बेच्दै आएका मिथिला नगरपालिका वडा नम्बर ६ का १६ वर्षीय विवेककुमार महतोले आत्महत्या गरेका हुन्।

महतोको शव आँपको बगैँचामा झुण्डिएको अवस्था फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज प्रहरी निरीक्षक तिर्थकुमार कार्कीले जानकारी दिनुभयो। पत्रिका बाँड्दै हिँड्ने महतोको शव अचानक झुण्डिएको अवस्थामा भेटिनु रहस्यमय भएको स्थानीयले बताएका छन्। 

ढल्केवरस्थित महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत महतोको आत्महत्या हो वा हत्या भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।  


प्रतिक्रिया दिनुहोस्