राष्ट्रपतिद्वारा ३२९ कैदीको कैद मिनाहा

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : २२


राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ। 

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। 

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गर्नुभएको हो । 


प्रतिक्रिया दिनुहोस्