भारतीय चर्चित गायिका नेहा कक्कड र हिमांश कोहलीबीच ब्रेकअप भएको धेरै समय भइसकेको छ। तर फेरि उनीहरुको सम्बन्धमा जर्बजस्ती तनाव उत्पन्न भएको छ।
हुनत नेहा आफ्नो सम्बन्ध बिग्रिदा कतिपय शो मा रुदै गरेको पनि देखिएकी थिइन्। उक्त दृष्यले अनुमान गर्न सकिन्छ की नेहालाई हिमांशले धोका दिएका हुन्। यी सबै विवादमा हिमांशले अहिले आफ्नो जबाव दिएका छन्। त्यसमा नेहाले उनीमाथि निकै आक्रामक जवाफ फर्काएका छन्।
नेहाले इंस्टाग्राममा एक लामो स्टाट्स पोस्ट गर्दै हिमांशमाथि आफ्नो इमेज बिगार्ने आरोप लगाएकी छिन्। नेहाले लेखेकी छिन्, जो मान्छेले मेरो बारेमा नराम्रो भन्छ, त्यो मान्छे मसँग जल्ने गर्दछन्। यिनीहरुलाई मेरो नाम लिएर समाचारको हेडलाइन बन्नु हुन्छ। पहिले पनि यस्तो गरिएको थियो। यदी फेमस हुने हो भने आफ्नो कामबाट बन् मेरो नामबाट होइन्।