स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री अस्पतालमा

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : ३४


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ।

मुटुलगायत विभिन्न स्वास्थ्य जाँचका लागि उहाँलाई मंगलबार साँझ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। 

वालुवाटार स्रोतका अनुसार मनमोहन कार्डियोथोरासिकमा उहाँको विभिन्न स्वास्थ्य जाँच भइरहेको छ । 

प्रधानमन्त्री ओलीको लामो समयदेखि मृगौलाको डायलसिस गरिंदै आएको छ। 


प्रतिक्रिया दिनुहोस्