गोदावरीमा बम राखेर पैसा माग्ने सेनाका पूर्वहवल्दार पक्राउ

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १२ : ०१


काठमाडाैं । ललितपुरको गोदावरीस्थित शुकराम मिजारको घरमा बम राखेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली सेनाका अवकाश प्राप्त वर्ष ४१ का पूर्व हवल्दार राजन कार्की सार्की रहेका छन् ।

मिजारको घरमा ग्रिनेड बम राखेर पैसा मागेका सार्कीलाई महानगरीय प्रहरी वृत्त, चापागाउँको टोलीले गोदावरी-५ लेलेबाट पक्राउ गरेको हो । सोमबार मिजारको घरमा राखिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको थियो । सार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँले जानकारी दिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्