काठमाडौँ । आफ्ना केही आफन्तसहित १६ जनाले बलात्कार गरेकी एक ८ वर्षकी बालिकाको बिहीबार शङ्कास्पद स्थितिमा मृत्यु भएपछि घटना बाहिर आएको हो । यो भने घटना भारतको चेन्नइको विलुपुरमको हो । पुलिसका अनुसार बालिका केही दिनदेखि पेट दुखाइ र ज्वरोसँग जुधिरहेकी थिइन् ।
पुलिसले बालिकाको मृत्युको घटनामा आइपीसी धारा १७४ (शङ्कास्पद अवस्थामा मृत्यु) अन्तर्गत मुद्दा दर्ता गरेको छ । ३ कक्षामा पढ्ने ती बालिका आमा, दिदी, सौतेनी पिता र सौतेनी दाजुसँग बस्थिन् । गत बुधबार राती उनी शौचालय गएपछि फर्किइनन् ।
पछि आमाले छिमेकीको सहयोगमा ढोका फुटाएर हेर्दा उनी भित्र बेहोस अवस्थामा लडेकी थिइन् । अस्पताल लिएर गएकोमा त्यहाँ डाक्टरले बालिकालाई मृत घोषित गरिदिए । २०१७ मा बालिकाकी आमा आफ्ना पतिसँग छुट्टिएकी थिइन् र चेन्नइ गएकी थिइन् । यस क्रममा उनले आफ्ना दुई छोरीहरूलाई आफन्तकहाँ छोडेर गएकी थिइन् । चेन्नइ गएको १ वर्षपछि आमा फर्किइन् । फर्किएपछि उनले आफ्ना २ छोरीहरूसँग यौन शोषण र बलात्कार भएको थाहा पाइन् ।
त्यसपछि उनी छोरीहरूलाई लिएर पुडुचेरी गइन् । ad त्यहाँ गएर उनले छोरीहरूलाई अर्कै स्कुलमा भर्ना गरिन् । स्कुलमा बालिका अचानक बेहोस भएपछि उनलाई अस्पताल लिएर गइएको थियो । अस्पतालमै उनलाई बलात्कार गरिएको थाहा भएको थियो ।