धनुषाकाे गेष्ट हाउसमा वेश्यावृत्ति, सञ्चालक पक्राउ

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ९ : ५४


काठमडाैँ । महिलालाई वेश्यावृत्तिमा लगाएको आरोपमा धनुषाबाट गेष्ट हाउस सञ्चालक पक्राउ परेका छन्। लक्ष्मीनिया गाउँपालिका–४ स्थित अमर ज्योति होटल एण्ड गेष्ट हाउसमा सरसफाइका लागि राखिएको महिलालाई वेश्यावृत्तिमा लगाएको आरोपमा गेष्ट हाउस सञ्चालक सुशीलकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

मानव वेचविखन ओसारपोसार मुद्दामा अनुसन्धान पूरा गरी धनुषा जिल्ला अदालतको आदेशमा मण्डललाई पुर्पक्षको लागि सिन्धुली कारागारमा पठाउने आदेश आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्