माइक्रोफोनलाई कसरी ब्लक गर्छ स्मार्ट ब्रेसलेटले ?

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १० : ३२


काठमाडौँ । प्रविधिको विकासको क्रममा कैयौ नयाँ नयाँ डिभाइस बनेका छन् जसले हाम्रो दैनिक सहज बनाउनुका साथै समयको बचत समेत बनाउन सहयोगी बनेका छन् । यसैक्रममा अहिले सबै कुरा स्मार्ट बन्ने क्रममा बजारमा स्मार्ट ब्रेसलेट (बाला) आउने भएको छ ।

शिकागो युनिभर्सिटीमा कम्प्युटर साइन्सका प्रोफेशर दम्पति बेन झाओ र हिथर झेंगले एउटा यस्तो डिजिटल ब्रेसलेट तयार गरेका छन् जसले यसको निश्चित क्षेत्रको सबै माइक्रो फोनलाई ब्लक गर्न सक्छ ।

खासमा प्रोफेसर बेनले एलेक्स स्मार्ट स्पिकर घरमा ल्याउन चाहन्थे, तर उनकी पत्नी स्मार्ट स्पिकर डिभाइस सेक्युरिटी र प्राइवेसीलाई लिएर तनावमा रहेकी थिइन् । उनका अनुसार स्मार्ट स्पिकरले प्रयोगकर्ताको आवाज रेकर्ड गर्छ र निजी डाटा लिक हुनसक्छ । यसै समस्याबाट निस्किन दुवै मिलेर यो ब्रासलेट बनाएका हुन् ।

बेन र हिथरले सहायक प्रोफेसर पेड्रो लोपेजसँग मिलेर यस ब्रेसलेटलाई बनाएका हुन् । यसको नाम ब्रेसलेट अफ साइलेन्स राखिएको छ । यस ब्रेसलेटलाई लगाउने प्रयोगकर्ताको आवाज स्मार्ट स्पिकरसम्म पुग्दैन । यसको मुल्य २० डलर राखिएको छ ।

यस ब्रेसलेटमा लगाइएका २४ स्पिकरले अल्ट्रासोनीक सिग्नल पठाउने गर्दछन । यी सिग्नलले प्रयोगकर्ताको आवाज कुनैपनि स्मार्ट स्पिकर जस्ता डिभाइससम्म पुग्नुभन्दा पहिला नै खतम गरिदिन्छ । केहि समय पहिला गुगल, एप्पल र अमेजनले स्मार्ट स्पिकर र असिस्टेन्टको माध्यमबाट प्रयोगकर्ताका कुराकानी रेकर्ड हुने गर्दछन । तर उनीहरुले यस्तो रेकर्डिङले स्मार्ट स्पिकरलाई बलियो बनाउने तर्क उनीहरुको रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्