एकै साथ ४ वटा कुर्सीमा बसपछि उर्वशी भईन ट्रोलको शिकार (भिडियाे)

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ८ : ५३


काठमाडाैं । असमको गुवाहाटीमा आयोजित फिल्मफेयर अवार्ड २०२० मा अभिनेत्री उर्वशी रौतेलाले धेरैको ध्यान आकर्षित गर्न सफल भइन् । उनले लगाएकाे पहिरनले ट्रोल पनि भइन । उर्वशी रौतेलाले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् ।

उर्वशीको रातो पहिरन चर्चाको विषय बनेको छ । भिडियोमा उनले बस्नका लागि धेरै स्थान ओगटेको देख्न सकिन्छ जसका कारण त्यहाँ भएका धेरै मानिसहरुको ध्यान उनीतर्फ केन्द्रीत भएको पनि देख्न सकिन्छ । उर्वशीले भिडियोको क्याप्सनमा लेखेकी छिन , ‘मेरो अद्भुत टिमबिना मेरो सबैभन्दा भारी रेड कार्पेट एक्सपिरियन्स सम्भव हुन सक्दैनथ्यो । म चारवटा सिटमा बसेकी थिएँ । ’ मानिसहरुले उर्वशीको यो पहिरनको निकै आलोचना गरेका छन् ।

कमेन्टमा लेखिएको छ, ‘मानिसहरुले एउटा सिटमा बस्नका लागि पैसा तिरेका हुन्छन्, तर तिमी चारवटा सिटमा बसेकी छौ ?’अर्का व्यक्तिले कमेन्ट गर्दै लेखेका छन , ‘यति ठूलो ड्रेस लगाउन नै किन पर्‍यो ? यसमा त एउटा पूरा गाउँलाई कपडा पुग्छ ।’ यस्तै, अर्का व्यक्तिले भने, ‘यसमा त पूरा घरको दुई जोडी कपडा बन्छ ।’यस्तै, अर्का व्यक्तिले ठट्यौली पारामा लेखेका छन्, ‘यो त रेड भेलभेट केकजस्तो देखिएको छ ।’ यस्तै, अर्का एक व्यक्तिले 'स्वच्छ भारत अभियानलाई प्रोमोट गरेकोमा धन्यवाद' भनेका छन ।


प्रतिक्रिया दिनुहोस्