जब गगन थापाले संसद्मा स्वस्थानी वाचन गरे

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ८ : ०९


काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद् गगन थापाले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग निर्णयबारे आफ्नो धारणा राख्नुभएको छ। 

आज प्रतिनिधिसभा बैठकको शूल्य समयमा स्वस्थानी वाचनको शैलीमा ललिता निवास जग्गा प्रकरणबारे आफ्नो धारणा राख्नुभएको हो। 

उहाँले ललिता निवास प्रकरणमा नाम मुछिएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता विष्णु पौडेलप्रति स्वस्थानी शैलीमा व्यङ्ग्य गर्नुभएको थियो।

केही दिनअघि पनि नेता थापाले ट्वीट मार्फत अख्तियारको निर्णयलाई हास्यास्पद् र पूर्वाग्रहपूर्ण रहेको उल्लेख गर्नुभएको थियो। 


प्रतिक्रिया दिनुहोस्