ह्याभी गाउनका कारण ट्रोल बनिन् बलिउड अभिनेत्री उर्वशी

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : ४७


भारतको असमस्थित गुवाहाटीमा फिल्मफेयर अवार्ड २०२० को आयोजना गरिएको थियो। समारोहमा बलिउडका ठूला ठूला कलाकारको उपस्थित थियो। 

हरेक पटकको समारोहमा कालाकारले आफूलाई यूनिक लुक्स दिन केही कसर बाँकी राख्दैनन्। यो पटक पनि यस्तो देखियो। फिल्मफेयर समारोहमा मानिसको ध्यान अभिनेत्री उर्वशी रौतेलामाथि परेको थियो। उर्वशी निकै यूनिक गेटअपमा देखिएकी थिइन्। 

आफ्नो गेटअपका कारण उनी ट्रोलको शिकार बन्नु परेको छ। उर्वशी रौतेलाले इंस्टाग्राममा एक भिडियो सार्वजनिक गरेकी छिन्। जसमा उनी ह्याभी गाउनमा देखिएकी छिन्। उवर्शीको यो रेड आउटफिट निकै चर्चामा आएको छ। भिडियोमा उक्त गाउनले निकै ठूलो स्पेस ओगटेको देख्न सकिन्छ। त्यहाँ उपस्थित धेरैको ध्यान उर्वशीमाथि परेको छ। 

कतिपयले उर्वशीको उक्त गाउनलाई लिएर ट्रोन गरेका थिए। मानिसले उर्वशीको उक्त गाउनको निकै आलोचना गरका छन्। 


प्रतिक्रिया दिनुहोस्