कोरोना भाइरसकाे त्रासः कुकुर र बिरालोलाई पनि फेस मास्क

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : ५८


काठमाडाैं । चीनमा कोरोनाभाइरसका कारण भर्नेको संख्या २ हजारको हाराहारीमा पुगिसकेको छ । बिरामीको अवस्था यस्तो छ कि पाल्तु जनावरका मालिकले आफ्नो कुकुर तथा बिरालोलाई पनि फेस मास्क लगाउनका लागि बाध्य भएका छन् ।

यो भाइरसका कारण कतै आफ्नो पाल्तु जनावरलाई गुमाउनु नपरोस् भन्ने चिन्ता उनीहरुको रहेको छ । उनीहरुलाई पाल्तु जनावरका कारण आफुलाई पनि यो घातक रोग नसरोस् भन्ने डर पनि रहेको छ । कोरोनाभाइरसको प्रकोप अझै जारी रहेको छ र विश्व स्वास्थ्य संगठनले यसलाई खतरनाक भाइरसको घोषणा गरेको छ ।

पाल्तु जनावरलाई पनि भाइरसको संक्रमण हुन्छ वा हुदैन भन्ने विषयमा विश्व स्वास्थ्य संगठनले कुनै प्रमाण पेश गरेको छैन । यद्यपि चिनियाँ नागरिक आफ्नो पाल्तु जनावरलाई फेस मास्क लगाएरनै घर बाहिर लैजाने गरेका छन् । चिनियाँ सोशल मीडिया वेइबोमा यसको तस्बिर भाइरल भएको छ ।

जसमा जनावरको केबल आखा मात्रै खुल्ला भएको देखिन्छ । कैयौं तस्वीरलाई ट्वीटरमा सेयर गरिएको छ र यो भाइरल भइरहेको छ । द सनका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पाल्तु जनावर तथा कोरोना भाइरसको बारेमा डब्लूएचओको भनाईप्रति असहमती जनाएको छ ।

आयोगका प्रवक्ता तथा महामारी वैज्ञानिक ली लन्जुआनले भनेका छन्, “यदी पाल्तु जनावर बाहिर जान्छन् र संक्रमित व्यक्तिको सम्पर्कमा आए भने उनीहरुलाई पनि संक्रमण हुने जोखिम रहन्छ । त्यसैले पाल्तु जनावरलाई अलग गर्नु आवश्यक छ । मानिसका अतिरिक्त हामीलाई अन्य पाल्तु स्तनधारी विशेषगरी पाल्तु जनावरसँग सावधान हुनु आवश्यक छ ।”

वल्र्ड स्मल एनिमल भेटेरनरी एसोसिएशनले पनि बिरालोका मालिकहरुलाई आफ्ना पाल्तु जनावरलाई केही समयका लागि घरभित्रै राख्नका लागि सल्लाह दिएको एक्सप्रेस न्यूजले जनाएको छ । यो बिरामीमाथि हालसम्म कुनै नियन्त्रण गर्न सकिएको छैन । कैयौं देशले चीनबाट आउनका लागि प्रतिबन्ध समेत लगाएका छन् । प्रमुख विमान सेवा कम्पनीहरुले यहाँबाट जाने र यहाँ आउने उडानलाई रोकेका छन् ।


प्रतिक्रिया दिनुहोस्